नेपाल यू–१५ साफ फुटबलको फाइनलमा

काठमाडौं– नेपाल यू–१५ साफ फुटबलमा फाइनलमा पुगेको छ । भारतको कोलकातामा जारी खेलमा बिहीबार नेपालले भुटानलाई ६–०ले पराजित गरेको छ । 

त्यसैगरी भारतले बंगलादेशलाई ४–० ले हरायो ।  राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा भारतले बंगलादेशलाई हराएसँगै नेपाल फाइनलमा पुगेको हो । 

पहिलो खेलमा नेपाल भारतसँग नै ५–० ले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा नेपालले श्रीलंकालाई २–० ले, बंगलादेश ४–१ ले र भुटानलाई ६–० ले हराएको हो । 

राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशले भारतलाई ४ गोल अन्तरमा हराएको भए बंगलादेश फाइनलमा पुग्ने थियो । बंगलादेशलाई हराएसँगै शीर्षमा रहेको भारतको ४ खेलमा १२ अंक भयो भने नेपालको ४ खेलमा ९ अंक रह्यो । अन्तिम खेल हारेको बंगलादेशको ४ खेलमा ६ अंक रह्यो । 

प्रतियोगितामा श्रीलंकाले एक खेल मात्रै जित्यो भने भुटान सबै खेलमा पराजित भएको हो । फाइनल खेल आगामी शनिबार हुनेछ । नेपाल २०१३ र २०१७ मा फाइनलमा पुगेर पराजित भएको थियो । 





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १७:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया