गर्भवती महिलालाई तौल घटाउन मन लागे...

एजेन्सी– बाल्यकालदेखि किशोरी अवस्थामा जाँदासम्म हर्मोनको परिवर्तनका कारण पनि महिलामा तौल बढ्न सक्छ । अझ गर्भवती महिलामा त तौल बढ्ने सम्भावना बढी हुन्छ । तौल बढ्दा तौल घटाउन मन पनि लागेको हुनसक्छ । गर्भवती महिलाले पनि तौल घटाउन त हुने तर पौष्टिक आहारमा चाहिँ निकै ख्याल दिनु पर्ने चिकित्सकहरु बताउँछन् । 

चिकित्सकहरुले निम्न कुरा ध्यान दिए गर्भवती महिलाले तौल घटाउन सक्ने जनाएका छन्ः

 

१. सुत्केरी हुनेवित्तिकै तौल घटाउनतिर लाग्नु हुँदैन । सुत्केरी महिलाको शरीर बलियो हुन र बच्चाका लागि आवश्यक आहारा पु¥याउनमा बढी इनर्जी खर्च हुने गर्छ । केही समय पर्खिनुपर्छ ।

२. राम्ररी स्वस्थ हुनका लागि आफूलाई ६ महिनाको समय छुट्याउनुपर्छ । यसले गर्दा बच्चालाई आवश्यक तत्व पु¥याउन र आफु पनि भित्रैदेखि मजबुत हुन सकिन्छ ।

३. तौल घटाउनै परे पहिला सजिला व्यायामबाट सुरु गर्नुपर्छ । यसका लागि १५ मिनेटको वाक गर्नु सबैभन्दा राम्रो विकल्प मानिन्छ ।



४. आफ्नो बानीव्यबहारमा ध्यान दिनुपर्छ । कति बजे कति खाना खाने यसबारे ध्यान दिनुपर्छ । थोरै–थोरै मात्रामा खाना खानुपर्छ ।

५. खानामा धेरै चिल्लो र गुलियो भएको खाना खानुहुँदैन ।



  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार २०:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया