गोरो, चम्किलो अनुहारका लागि ‘कालो’ अ‌ंगार !

चारकोल अर्थात् अंगार, छुँदा हातै कालो गरिदिन्छ । संस्कृतमा श्लोक नै छ, ‘उष्णो दहति चांगारस् शीतस् कृष्णायते करम्’ अर्थात् अंगार तातो छँदा जलाउँछ, चिसो भए हात कालो गर्छ । तर, त्यही अंगारले हाम्रोको अनुहारमा गोरोपन ल्याउँछ भन्दा पत्याउनुहुन्छ ?

यो सत्य हो, अंगारको प्रयोगले अनुहारमा गोरोपन ल्याउन सकिन्छ । अनुहारमा चमक र निखार ल्याउनमा चारकोलले धेरै तरिकाबाट मद्दत गर्छ । 

निखारका लागि चारकोलको प्रयोग गर्ने ट्रेन्ड जापानबाट आएको हो । हुन त हाम्रोतिर अनुहारमा अंगारको प्रयोग धेरै पहिलेदेखि नै भइआएको छ । तर, हाम्रोमा निखारका लागि होइन, घाउ ठीक गर्नका लागि अंगारको प्रयोग हुन्छ । 

जापानमा भने यसको प्रयोग सफा र चम्किलो छाला पाउन ब्युटी इन्ग्रेडियन्टका रुपमा हुन्छ । 

चारकोल दुई किसिमको हुन्छ । एउटा कच्चा चारकोल, जुन दाउरा बालेर बचेको कोइला हो । यसले छालालाई कालो र फोहोर बनाइदिन्छ । अर्को एक्टिभेटेड चारकोल, जुन कार्बनको प्रशोधित रुप हो । यसको प्रयोग क्लिन्जर, फेस मास्क, स्क्रब तथा साबुनको रुपमा हुन्छ । छालाका कतिपय समस्या समाधान गर्न एक्टिभेटेड चारकोलले मद्दत गर्छ । 

अनुहारमा ब्ल्याकहेडको समस्या छ भने चारकोलको प्रयोग गरी ब्ल्याकहेड रिमुभल स्ट्रिप लिन सकिन्छ । यसले अनुहारको भित्रसम्म पुगेर ब्ल्याकहेडलाई जरैदेखि उन्मूलन गर्छ । यति मात्र होइन, राम्रो क्लिन्जिङ प्रोपर्टीका कारण चारकोल बेस्ड प्रोडक्टहरु पोतो तथा डन्डीफोर हटाउन पनि उपयोगी हुन्छन् । यसले छालालाई बाहिरबाट मात्र नभई भित्री छिद्रसम्म पुगेर सफा गर्ने हुँदा अनुहारको चमक बढाउँछ । 



बदलिँदो मौसमको सबैभन्दा ज्यादा असर हाम्रो छालामा पर्छ । घामको सिधा सम्पर्कमा आउँदा छाला सुक्खा र धूमिल हुन्छ । यस्तोमा चारकोल छालालाई स्वस्थ राख्नाका साथै सूर्यको हानिकारक किरणको असरबाट पनि जोगाउँछ । 

प्रदूषणको असरबाट छालालाई बचाउन चारकोल ज्यादै उत्तम विकल्प हो । एक्टिभेटेड चारकोल छालाबाट टक्सिन सोसेर लिन्छ । हर–रात सुत्ुनअघि चारकोल बेस्ड फेसवासको प्रयोगले छाला भित्रैदेखि सफा र प्रदूषणमुक्त रहन्छ । 



टक्सिनजस्तै, मयल र तेलका लागि पनि चारकोल चुम्बकजस्तै हो । जब हामी चारकोल बेस्ड फेसवासले मुख धुन्छौँ, यसले हाम्रो छालामा भएको अनावश्यक तेल र मयल छिद्रहरुबाट बाहिर निकाल्छ । र, हाम्रो छालालाई सफा र स्वस्थ राख्छ ।
 

  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार २०:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया