कांग्रेसको निष्कर्ष– देश कम्युनिष्टीकरण गरियो, भ्रष्टाचार बढ्यो
फाइल तस्वीर ।

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको सरकारको कडा आलोचना गरेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले डेढ वर्षे कार्यकालमा खासै उपलब्धि हासिल गर्न नसकेको कांग्रेसले निष्कर्ष निकालेको छ । 

बिहिबार कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले १२ बुँदे राजनीति प्रस्ताव पेश गर्दै सरकारको समीक्षा गरेका हुन् । 

महतले पेश गरेको प्रस्तावमा सरकारले देशलाई कम्युनिस्टकरण गरेको, तीनै तहमा व्यापक भ्रष्टाचार बढेको र ठूला भ्रष्टाचारलाई सरकारले नै मलजल गरेको, महंगीप्रति सरकार मौन रहेकोलगायतका विषय राखिएको छ । 

महतको प्रस्तावमाथि बिहिबार डा. रामशरण महत, आनन्दप्रसाद ढुंगाना, सुजाता कोइराला, प्रदीप पौडेललगायतले आआफ्ना धारणा राखेका थिए । कांग्रेस पार्टी कार्यालयबाट जारी गरिएको विज्ञप्तिअनुसार यो विषयमा शुक्रबार पनि छलफल हुनेछ । 





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार २१:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया