हत्या आराेपमा तीन बालक पक्राउ

रुकुम पूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै १८ वर्ष मुनी रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्काले प्रमाण भेटिएकाले तीन जना बालकलाई पक्राउ गरेको बताए । बालक भएकाले पक्राउ परेकाको नाम गोप्य राखिएको छ । बोहोराको ८ भदौमा खुकुरी र सनासो प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको प्रमाण भेटिएपछि १० भदौमा स्थानीय बालकहरूलाई प्रहरीले पक्राउ गरेको हो । खड्काले बुधबार तीन जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको बताए । 

‘पक्राउ परेका तीनै जना १८ वर्ष मुनिका छन्,’ उनले भने, ‘हत्याको कारण खुलेको छैन । गाली गरेको रिसमा हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।' उनीहरुको सुनुवाइ बाल इजलासमा हुने भएको छ ।





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १०:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया