कश्मिरमा भेटिएका ‘अर्का अक्षयकुमार’

एजेन्सी– अभिनेता अक्षय कुमारको फिल्म मिसन मंगल अहिले भारतीय बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यसले भारतकै अन्य बलिउड स्टारहरुलाई समेत चिन्तामा पारेको भारतीय पत्रपत्रिकामा लेखिएको छ । 

अक्षयको फिल्म हिट भएकाले मात्र होइन, अर्को कुराले पनि उनी चर्चामा आएका छन् । यो कारण हो, कश्मिरमा भेटिएका अर्का अक्षय कुमार । 

सामाजिक सन्जालमा अहिले कश्मिरका माजिद मीरको निकै चर्चा बढेको छ । किनकि उनी ठ्याक्कै अक्षयकुमार जस्तै देखिन्छन् । 

माजिदको फोटो अब ट्विटरमा निकै सेयर भएको छ । उनी त सधैं टोपी लगाउँदा रहेछन् । टोपी लगाउँदा ठ्याक्कै अक्षयकुमार जस्तै देखिएका माजिदबारे निकै धेरै चर्चा भारतीयहरुले ट्विटरमा गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार ११:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया