युट्युबरले जथाभावी गरिरहेका छन्ः सन्चारमन्त्री गोकुल बाँस्कोटा

काठमाडौं– शुक्रबार राष्ट्रिय सभामा सम्बोधन गर्दै सन्चारमन्त्री गोकुल बाँस्कोटाले अहिले बढिरहेका युट्युबरहरुको विरोधमा बोलेका छन् । 

‘अहिले जसले जे पनि बोलेका छन्,’ उनले भने, ‘पछिल्लो समय नेपालमा युट्युब एक किसिमले टिभीको विकल्पमा विकसित भइरहेका छन् । तर, उनीहरु जथाभावी गरिरहेका छन् ।’

उनले युट्युबमा संविधानको विरोध गर्नेसम्म अभिव्यक्ति दिन थालिएको संवेदनशील कुरा भएको बताएका छन् । उनले निरंकुशताको फँडा अहिले पनि स्वतन्त्र पत्रकारिताको नाममा बाहिर आइरहेको बताएका छन् । 

‘जसले गणतन्त्र ल्याए, तीनलाई समाप्त गरेपछि संस्था नै सकियो भन्ने लाइनमा काम गरिरहेका छन्,’ उनले भने, ‘हिजोअस्तिमात्र एउटा युट्युबमा यसरी लखेटियो नेकपा अध्यक्ष भनेर हालिएको थियो । के त्यो साँचो हो ?’

बाँस्कोटाले सम्बोधनमा मिडिया ट्रायलको अभ्यास बढिरहेको पनि बताए । ‘अदालती काम प्रेसले गर्न सक्दैन,’ उनले भने, ‘यस्तो कुराले अराजकता, स्वच्छन्दता मौलाउँदै गएपछि समस्या उत्पन्न हुँदै जान्छ ।’

शुक्रबार मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा टेबुल गर्दै गर्दा सन्चारमन्त्री बाँस्कोटाले राष्ट्रिय सभाका सदस्यले सोेधका प्रश्नहरुको जवाफ दिएका थिए । 





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १२:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया