भारत सरकारले गर्यो सरकारी बैंकको बिग मर्जर

एजेन्सी– भारत सरकारले सरकारी बैंकहरुका लागि शुक्रबार एउटा ठूलो घोषणा गरेको छ । घोषणाअनुसार भारतले १० सरकारी बैंकलाई विलय गरिदिएको छ । 

यो बिग मर्जरपछि अब भारतमा ४ ठूला सरकारी बैंक बन्दैछन्, जसको कूल कारोबार ५५.८१ लाख करोड भारतीय रुपैयाँ हुनेछ । 

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले यो घोषणा गरेकी हुन् । सन् २०१७ मा भारतमा २७ सरकारी बैंक थिए । अब यो घोषणापछि त्यहाँका बैंकको संख्या १२ हुँदैछ ।

अर्थमन्त्री सीतारमणले गत वर्ष तीन बैंक विलय गर्दा फाइदा भएको पनि बताएकी छिन् । उनका अनुसार गत वर्षको मर्जरपछि रिटेल लोन ग्रोथमा २५ प्रतिशतले वृद्धि आएको थियो ।  

अब त्यहाँका तीन बैंक पन्जाब नेसनल बैंक, ओरियन्टल बैंक अफ कमर्स तथा युनाइटेड बैंकको विलय हुनेछ । 

अर्थमन्त्री सितारमणका अनुसार केनरा बैंक र सिन्डिकेट बैंक पनि मर्जरमा जाँदैछन् । त्यस्तै, युनियन बैंक, आन्ध्रा बैंक तथा कर्पोरेसन बैंकको विलय पनि हुँदैछ । यो मर्जरपछि यो बैंक भारतको पाँचौ सबैभन्दा ठूलो बैंक बन्दैछ ।



त्यस्तै, इन्डियन बैंक तथा इलाहाबाद बैंकको पनि विलय हुँदै छ । यो अब भारतको सबैभन्दा ठूलो बैंकको सूचीमा सात नम्बरमा पर्नेछ । 

यी बैंकहरुको मर्जर कहिले हुने भन्ने मिति तोकिएको छैन । तर, अर्थमन्त्री सितारमणले बैंक मर्जरका कारण कसैको पनि जागिर नजाने बताएकी छिन् । 



  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १८:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया