कागजी विवाह गरेर नेपाली चेली चीन तस्करी गर्ने गिरोहका १० जना पक्राउ, ४ चेलीको उद्धार

काठमाडौं– नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले नेपाली चेलीलाई विवाहको प्रलोभनमा चीन तस्करी गर्ने १० जनाको गिरोहलाई पक्राउ गरेको छ । ६ नेपाली र ४ जना चिनियाँ तस्करलाई पक्राउ गरी ४ जना पीडित चेलीको उद्धार गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार, पक्राउ परेकाहरुको साथबाट १२ सेट मोबाइल फोन, झन्डै २२ लाख नेपाली रुपैयाँ, २ हजार ३ सय चिनियाँ युआन र १ सय ९० अमेरिकी डलर बरामद भएको छ ।

पछिल्लो समय चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर चीन तथा चीन हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रम बढेको भन्दै ब्युरोले निगरानी बढाएको छ । 

यसअघि, २०७१ सालमा पहिलो पटक नेपाली चेलीलाई यसैगरी चीन र दक्षिण कोरिया पुर्याउने गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्रोको थियो ।





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १८:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया