जरिनको पेट, प्रशंसकको आलोचना, जरिनको जवाफ

एजेन्सी– बलिउड अभिनेत्री जरीन खान अहिले सामाजिक सन्जाल इन्स्टाग्राममा छाएकी छिन् । उनी यसरी छाउनुको कारण हो, उनी आफैंले सेयर गरेको एउटा तस्वीर । उनले इन्स्टाग्राममा एउटा तस्वीर सेयर गरेकी छिन् । उनले सेयर गरेको तस्वीरमा उनको पेट राम्रो नदेखिएको भन्दै धेरैले कमेन्ट गरेका छन् । 

कतिले त यही कारण निकालेर जरिनलाई उडाए पनि । कति ट्रोल बने । 

तर, जरिनले यी सबै ट्रोलहरुलाई एउटा गजबको जवाफ दिएकी छिन् । र, उनीहरुको मुख बन्द गराइदिएकी छिन् । 

उनले केही कमेन्ट गर्नेहरुको स्क्रिनसट लिएकी छिन् र लेखेकी छिन्– यो एउटा यस्तो व्यक्तिको स्वभाविक पेट हो जसले ५० किलो वजन घटाएको छ । आफूले फोटोसप नगरेकाले वा कुनै अपरेसन नगरेकाले आफ्नो पेट त्यस्तो देखिएको जरिनले जवाफ दिएकी छिन् ।





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १८:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया