भारतकी नयाँ सेलेब्रिटी रानु मन्डल फेरि भाइरल
रानु भाइरल भएपछि १० वर्षपछि उनकी छोरीसँग भेट भयाे ।

एजेन्सी– सामाजिक सन्जालमा एक भिडियो भाइरल भएपछि रानु मन्डलको जीवनमा रातारात परिवर्तन आएको छ । उनी अहिले चर्चाको शिखरमा छिन्, उनले नाम र दाम दुवै कमाएकी छिन् । 

गायक हिमेश रेशमियासँग उनले पहिलो गीत रेकर्ड गरेकी थिइन् । यो कुरा भारतमा धेरैले प्रशंसा गरे । धेरैले रानुको मात्र तारिफ गरेनन्, उनीहरुले हिमेशले सहयोग गरेकोमा उनको पनि तारिफ गरे । अब हिमेशले रानुसँग आफ्नो दोस्रो गीत रेकर्ड गराएका छन् ।

अनि त्यो गीत रेकर्ड गराउँदाको भिडियो हिमेशले आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेका छन् । यो भिडियोमा रानु मन्डलले गाएको सुन्न सकिन्छ । त्यसैले पनि हुनुपर्छ, यो भिडियो फेरि भाइरल भएको छ ।

  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १८:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया