गुडियाको अपरेसनपछि मात्र आफ्नो अपरेसन गर्न दिइन् ११ महिने यी बालिकाले

एजेन्सी– यदि तपाईं पनि बाल्यकालमा खेलौनाहरुसँग खेल्नुहुन्थ्यो र आफ्ना खेलौनाहरुसँग निकै मोह थियो भने यो समाचारले तपाईंलाई फेरि बाल्यकालमा फर्काउने निश्चित छ ।

यो घटना हो, भारतको राजधानी नयाँ दिल्लीको । 

नयाँ दिल्लीमा एक ११ महिने बालिका जकिराको खुट्टा भाँचिएछ । उनको दुवै खुट्टामा प्लास्टर गर्नु पर्ने भएछ । बाबुआमाले अस्पताल पुर्याएपछि ती बालिकाले भनिछिन्– गुडियाको पनि यस्तै गर्नुपर्छ । 

खासमा जकिरा खाटबाट लडेर उनको खुट्टा भाँचिएछ । दुई वर्षभन्दा कम उमेरमा हड्डी भाँचिएमा प्लास्टर गरेपछि खुट्टा उभ्याएर राख्नु पर्ने चिकित्सकीय नियम छ । तर, जकिरालाई त्यसरी राख्दा उनी रुन थालिछन् । जे गर्दा पनि फकाउन नसकेपछि उनकी आमाले घरबाट उनको सबैभन्दा मन पर्ने गुडिया ल्याइछन् र जकिराको छेउमा जकिराजस्तै बाँधेर राखिछन् । त्यसपछि बल्ल जकिरा रुन छाडिछिन् । अहिले त त्यो अस्पतालमा जकिरालाई सबैले गुडियावाली बच्चीको रुपमा सबैले चिन्न थालिसकेका छन् ।





  • प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार १०:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया