काठमाडाैं– धितोपत्र बजारमा यस साता कुल १ सय ७२ कम्पनीको सेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक उतार–चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर ११ सयको बिन्दुमा झरेको छ ।
बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोबार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इंगित गरेको छ । सातामा ६० लाख २४ हजार ९ सय ७५ कित्ता सेयर एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३ सय ७७ मूल्यमा खरिद–बिक्री भए ।
गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झरेर बन्द भएको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटियो ।
कुल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता सेेयर ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरिद–बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रह्यो । कुल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता सेेयर ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोवार भए ।
साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो । सो दिन नेप्से ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो ।
यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो । नेप्से १०.२६ अंकले घटेर एक हजार १९७.७५ मा झयो । परिसूचक घटेपनि कारोवार भने औसत नै रह्यो ।कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता सेेयर ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरिद–बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक पुनः झिनो अंकले ओरालो लाग्यो । नेप्से १.३३ अंकले घटेर एक हजार १९६.४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता सेेयर २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिद–बिक्री भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।