टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, ५ को मृत्यु, २२ घाइते

एजेन्सी- अमेरिकी राज्य टेक्ससमा एक युवाले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा २२ जना घााइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक युवाको गोली प्रहार गरि हत्या गरेेेेको जनाएको छ ।

ओडेसा सहरकाे प्रहरीका अनुसार बन्दुकधारीले पहिले ट्राफिक प्रहरीमाथि गाेली चलाएका थिए । ती प्रहरीले उनकाे गाडी राेकेर कागजात मागेका थिए । 

त्यसपछि उनले पाेस्टल ट्रक चाेरेर मिडल्यान्ड सहर पुगेर फेरि गाेली चलाउन थाले । प्रहरीले उनलाई गाेली हानेर हत्या गरेकाे छ । ३५ वर्षका ती व्यक्तिले किन गाेली चलाए भन्ने खुल्न सकेकाे छैन ।






  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार ५:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया