खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर !

ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो होइन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा छन् । 

खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउँछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक छ । रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्छ । 

पछिल्लो एक अध्ययनले त खुर्सानीको महत्व अझ भारी देखाएको छ । हालै ‘एक्सपेरिमेन्टल बायोलोजी’मा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबी गरेको छ । 

रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ । बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ । 

अध्ययनका क्रममा शोधकर्ताहरुले मानिसहरुको ‘नन–स्मल लङ क्यान्सर सेल’को कल्चर गरेका थिए । प्रयोगका क्राममा खुर्सानीमा हुने क्याप्साइसिन नामक यौगिकले यी कोषको फैलने प्रक्रिया अर्थात् ‘मेटास्टेसिस’लाई पहिलो स्टेजमै रोकिदियो । 

शोधकर्ताहरुले यो परीक्षण मुसामा पनि गरे । उनीहरुले मुसालाई लगातार क्याप्साइसिनयुक्त खानेकुरा खुवाइदिए । केही समयपछिको परीक्षणमा क्याप्साइसिनयुक्त खानेकुरा खाएका मुसामा मेटास्टेटिक क्यान्सर सेलको संख्या अन्य मुसामा भन्दा निकै कम पाइयो । 



अध्ययनमा पाइयो कि, क्याप्साइसिनले एसआरसी प्रोटिनलाई पनि सक्रिय हुनबाट रोक्छ । यो प्रोटिन क्यान्सर सेलको वृद्धि र फैलावटमा जिम्मेवार मानिन्छ । 



  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार ५:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया