एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैंकको एटिएम प्रयोग गरेर पैसा निकाल्न खोजिरहेका पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

१३ भदौमा काठमाडौं आएका उनीहरु दरबारमार्गबाट पक्राउ परेका हुन् । नबिलको एटिएमबाट पैसा निकाल्दै गर्दा एक जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा अन्य चार पनि समातिएको प्रहरीले जनाएको छ ।

उनीहरुले नक्कली कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाल्ने गरेका थिए । उनीहरुबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ ।






  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार ९:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया