वासिंगटन– केही समय मत्थर भएको अमेरिका–चीन व्यापार युद्ध फेरि बल्झिने देखिएको छ । अमेरिकाले आजदेखि ११२ अर्ब डलरको चिनियाँ सामानमा नयाँ अतिरिक्त कर लगाउँदै छ ।
यो अमेरिकी कदमले विश्वका दुई सर्वोच्च अर्थतन्त्रबीचको टकराब झनै बढ्ने देखिन्छ । यसले सिंगो विश्व अर्थतन्त्रलाई प्रभावित गर्न सक्ने जानकारहरु बताउँछन् ।
अमेरिकाको यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो योजनाको पहिलो खुड्किलो हो । वर्षको अन्तसम्म ३०० अर्ब डलरको चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने उनको योजना छ ।
ट्रम्पको योजना पूरै कार्यान्वयन भए अमेरिकाले गर्ने सबैजसो चिनियाँ आयातमा अतिरिक्त कर लाग्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।