भारतकी नयाँ सेलेब्रिटी रानु मन्डलले भनिन्– मेरो जीवनमाथि एउटा फिल्म बन्न सक्छ

एजेन्सी– सामाजिक सन्जालबाट स्टार बनेकी रानु मन्डललाई अहिले नचिन्ने कोही पनि छैनन् होला । रेलवे स्टेसनमा गीत गाएर बस्ने रानुले अब त बलिउडका फिल्मका लागि पनि गीत गाएकी छिन् ।

यतिको चर्चामा आएपछि रानुले अब आफ्नो विषयमा पनि भन्न थालेकी छिन् । उनले ६० वर्ष पहिले आफ्नो जन्म एउटा राम्रो परिवारमा भएको तर आफू आमाबाबुसँग अलग हुन परेको बताएकी छिन् । पछि उनको विवाह भएपछि उनी मुम्बई आएको पनि उनले बताएकी छिन् । 

‘मेरो जीवनको कथा निकै लामो छ,’ उनले भनेकी छिन्, ‘मेरो जीवनमा आधारित रहेर एउटा फिल्म बन्न सक्छ, एउटा खास फिल्म ।’

‘म फुटपाथमा जन्मिएकी होइन,’ उनले भनेकी छिन्, ‘तर, मेरो जीवनको नियती यही थियो कि म पछि फुटपाथमा पुगेँ ।’ रानुले सलमान खानसँग आफूले नभेटेको तर उनको फिल्म तेरे नाम अत्यन्त राम्रो भएको पनि बताएकी छिन् । यसअघि सलमान खानले रानुलाई एउटा फ्ल्याट गिफ्ट गरेको चर्चा चलेको थियो । तर, यो समाचार गलत भएको रानुले बताएकी छिन् ।





  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार १०:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया