एटिएम सर्भर ह्याक भएपछि राष्ट्र बैंकले बोलायो बैठक

काठमाडौं– आइतबार विहान एटिएमबाट पैसा चोरी गरिरहेका एक चिनियाँ नागरिक दरबारमार्गबाट पक्राउ परे । उनी पक्राउ परेपछि एटिएमबाट पैसा चोरी गर्ने चिनियाँ गिरोह नै नेपालमा सक्रिय भएको पत्ता लाग्यो । 

प्रहरीले अनुसन्धान गर्दा पत्ता लगायो, पाँच जना चिनियाँ नागरिक एटिएमबाट पैसा चोरी गरिरहेका छन् । उनीहरुबाट प्रहरीले झन्डै डेढ करोड पनि बरामद गर्यो । 

नबिल बैंकको एटिएममा पैसा निकाल्दा पक्राउ परेका ती चिनियाँ नागरिकहरुमाथि प्रहरीले अनुसन्धान जारी राख्दा अर्को तथ्य पनि फेला पर्यो । आइतबार प्रभु बैंक, एनआइसी एशिया बैंकलगायतका एटिएमले काम गरिरहेको थिएन । यी बैंकका सर्भर ह्याक भएकाले एटिएमले काम नगर्दा हजारौँ तनावमा परे, एटिएमबाट पैसा निस्किएन । 

उता, राष्ट्र बैंकले यी दुई बैंकको एटिएममा समस्या आएलगत्तै आपत्कालीन बैठक आह्वान गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार आजैका लागि विभिन्न बैंकका आइटी हेर्ने प्रमुखहरुलाई बैठकमा बोलाइएको छ । बैठकमा एटिएमको सुरक्षासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।






  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार ११:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया