एयरफोन धेरै प्रयोग गर्दा क्यान्सर हुनसक्ने

पछिल्लो समय प्रविधिको विकास भएसँगै विभिन्न उपकरणको प्रयोग पनि बढ्न थालेको छ । कति मानिसहरु जतिबेलै कानमा इयरफोन राखेर हिँडिरहेका हुन्छन् । 

अझ कति त निदाउँदा पनि कानमा इयरफोन राखेरै निदाउने गरेका छन् । 

तर यसले नकारात्मक असर पनि पार्न सक्छ भन्नेमा उनीहरु सचेत नहुन सक्छन् । बजारमा पाउने सबै इयरफोन राम्रा नहुन पनि सक्छन् । त्यसले हामीलाई झन् समस्यामा पार्न सक्छ । कमसल इयरफोनले हामीलाई दिनप्रतिदिन कमजोर बनाउँदै लैजान सक्छन् । अझ पछिल्लो समय भएका अध्ययनहरुले के देखाएका छन् भने यसरी इयरफोन प्रयोग गर्दा मानिसमा क्यान्सरसमेत हुनसक्छ । 

इयरफोन लामो समय प्रयोग गर्नाले मानिसको सुन्‍न सक्‍ने क्षमतामा कमी आउँदै जान्छ । मानिसको शरीरमा ४० देखि ५० प्रतिशत श्रवण शक्ति घट्नुको कारणमा इयरफोनको धेरै प्रयोग मान्नेहरु धेरै छन् । यसले सबैलाई चाँडैै बहिरो बनाउन सक्ने पनि धेरैले लाग्न सक्छ । 

अध्ययनले अर्को के कुरा पत्ता लगाएको छ भने लामो समयसम्म कानमा इयरफोन राख्ने हो भने कान सुनिन पनि सक्छ । कान सुनिएपछि त्यसमा विभिन्न समस्या निम्तन सक्ने अध्ययनले पत्ता लगाएका छन् । 

इयरफोनमा जमेको धुलोका कारण कानमा इन्फेक्सन हुन पनि सक्छ । यसले ठूलो रोग पनि निम्त्याउँछ । स्पष्ट आवाज नसुन्ने, इन्फेक्सन हुने तथा कान दुख्ने समस्या पनि बढ्दै जानसक्छ । 



इयरफोनको धेरै प्रयोग गर्दा दिमागमा पनि असर गर्छ । यसले दिमागको स्नायु प्रणालीमा समेत हानी पुर्याउने चिकित्सकहरुले जनाएका छन् । 

धेरै र चर्को आवाजमा इयरफोनमा गीत सुन्ने बानी छ भने त्यसले झन् ठूलो समस्या निम्त्याउँछ । कतिसम्म भने यसले कानको क्यान्सरसमेत गराउने अध्ययनहरुमा आएको छ । त्यस्तै धेरै गीत सुन्नाले मुटुसम्बन्धी विभिन्न समस्या पनि निम्तिन सक्छन् । 



  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार १६:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया