हात्ती आक्रमणबाट एकजनाकाे मृत्यु

धरान– कोशी गाउँपालिका ३ मा आइतबार दिउँसो हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय अनमोल मुखिया रहेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । 

खहरे खोलामा माछा मार्ने क्रममा उनलाई कोशी टाप्पु बन्यजन्तु आरक्षण क्षेत्रबाट आएको हात्तीले आक्रमण गरेको थियो । 

उनी सँगै माछा मार्न गएका अन्य दुई जना भने भाग्न सफल भएको प्रहरीले जनाएकोे छ । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार १९:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया