जीवित देवी कुमारीले अब मासिक ५० हजार पाउने
फाइल तस्वीर ।

काठमाडौं– आइतबार राजधानीमा एक कार्यक्रममा काठमाडौं महानगरले जीवित देवी भनिने कुमारीको भत्ता बढाएको निर्णय सुनाएको छ । महानगरले पूर्वकुमारी, पूर्वभैरव तथा पूर्वगणेशलाई दिँदै आएको मासिक भत्तामा पनि वृद्धि गरेको छ । 

अब पूर्वकुमारीले महिनाको १५ हजार पाउनेछन् । पूर्वभैरव तथा पूर्वगणेशले मासिक १२ हजार पाउनेछन् । यसअघि पूर्वकुमारीले महिनाको १० हजार र अन्यले महिनाको ८ हजार पाउँदै आएका थिए ।

त्यस्तै, अब जीवित कुमारी र उनको स्याहार सुसार गर्नेले मासिक ५० हजार पाउनेछन् । यसअघि उनीहरुले २५ हजार पाउने गरेका थिए ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रा व्यवस्थापनक समितिलाई अनुदान दिन आयोजना गरिएको कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । 

कार्यक्रममा मेयर शाक्यले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजारको चेक पनि दिए । यो गत वर्षको रकम हो । यसपटक इन्द्रजात्राका लागि महानगरले झन्डै २४ लाख सहयोग गर्नेछ ।  





  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार २०:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया