एजेन्सी- भारतकाे महाराष्ट्रका एक व्यक्तिले जुन तरिकाले प्रेमिकासँग माफी मागे, त्याे कुनै फिल्मी स्टायलभन्दा कम छैन । उनले आफ्नी प्रेमिकासँग यसरी माफी मागे कि सहरका सबै मानिस उनकाे काम देखेर अचम्ममा परे ।
प्रेमिकासँग मागेकाे माफी सबै सहरलाई थाहा दिने ती व्यक्ति हुन्- निलेश खेडेकर । उनले आफ्नी प्रेमिकासँग माफी माग्न सहरका विभिन्न भागमा ३ सयभन्दा धेरै हाेर्डिङ बाेर्ड एक रातमा लगाएका छन् । सहरमा उनकाे चर्चा निकै बढेकाे छ तर मनाेवैज्ञानिकहरुले यसलाई मानसिक राेगकाे संज्ञा दिएका छन् ।
विशेषज्ञहरुले उनले सहरकाे ध्यान आफूतिर तान्न यस्ताे हर्कत गरेकाे हुनसक्ने अनुमान गरेका छन् । सामाजिक सन्जालमा पनि यसबारे निकै चर्चा चुलिएकाे छ । स्थानीय प्रशासनले यसलाई गम्भीर घटनाका रुपमा लिएकाे छ ।
याे विषयमा अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक सतिशले भने- एउटा मराठी पत्रिकामा पहिलाे पटक यसबारे समाचार छापिएकाे थियाे, हाेर्डिङमा शिवाडे, मलाई माफ गरिदेउ लेखिएकाे छ । तर, हाेर्डिङ कसले लगाएकाे हाे भन्ने पहिले खुलेकाे थिएन ।
सतिशले त्यसपछि आफूहरुले सबै प्रिन्टिङ तथा प्रेसमा पुगेर यस्ताे हाेर्डिङ कसले बनाएकाे हाे भन्ने जाँच गरेकाे बताएका छन् । त्यसपछि बल्ल याे हाेर्डिङ निलेशले लगाएकाे पत्ता लागेकाे हाे । निलेशले याे हाेर्डिङ अाफूले लगाएकाे स्वीकार पनि गरेका छन् । उनले आफ्नी प्रेमिका रिसाएकाले मनाउन लगाएकाे बताएका छन् । २५ वर्षका निलेशले विभिन्न अाकारमा सहरका बिजुलीका तथा अन्य पाेलहरुमा यस्ताे हाेर्डिङ राखिदिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।