वैज्ञानिक स्टिफन हकिङसँगै भारतीय वैज्ञानिक जयन्त विष्णु नारलीकरले पनि क्याम्ब्रिज विश्वविद्यालयमा पढेका थिए । उनकाे ब्लगबाट महान् वैज्ञानिक स्टिफन कस्ता थिए भन्नेबारेकाे अनुवाद:
म र स्टिफन हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सँगै पढ्थ्याैँ । उनी मभन्दा दुई वर्ष जुनियर थिए । उनी अन्य विद्यार्थीजस्तै सामन्य थिए । उनको प्रतिभाबारे त्यति बेला कसैलाई पनि थाहा थिएन । तर, केही वर्षमा नै के थाहा भयो भने स्टिफनमा विशेष प्रतिभा छ ।
सन् १९६१ मा रोयल ग्रिनविच विद्यालयमा एउटा सम्मेलन आयोजना भएको थियो । त्यही विज्ञानको सम्मेलनमा मेरो र स्टिफनको पहिलो भेट भएको थियो । त्यति बेला उनी अक्सफोर्ड विश्वविद्यालयमा नै पढ्थे । म पनि त्यहाँ एउटा विद्यार्थी थिएँ । तर, मलाई एउटा लेक्चरका लागि बोलाइएको थियो । लेक्चर सुरु भएपछि नै मलाई थाहा भयो, एकजना विद्यार्थी अन्यन्त धेरै प्रश्नहरु गरिरहेको छ ।
त्यसपछि मलाई थाहा भयो– त्यही विद्यार्थी नै स्टिफन थिए । उनले मलाई प्रश्नहरुको श्रृङ्खला सोधेका थिए । उनी यो ब्राह्माण्डको विस्तारबारे बुझ्न चाहन्थे । उनी बिग ब्याङ थियोरी के हो भन्ने बुझ्न चाहन्थे । मैले उनका सबै प्रश्नहरुको जवाफ दिन खोजेँ । उनका प्रश्नहरु अत्यन्त गम्भीर थिए । सम्मेलन सकिएपछि म र स्टिफन टेबल टेनिस खेल्न गएका थियौँ ।
हामीले दुई खेल खेल्यौँ । दुवै खेल मैले नै जितेँ । स्टिफन पिएचडी गर्न क्याम्ब्रिज विश्वविद्यालय गए । त्यसपछि मात्र उनको मस्तिष्कको क्षमताबारे थाहा भयो । मलाई सुरुमा चाहिँ उनी यत्तिकै प्रश्नहरुमात्र गरिरहेका छन् जस्तो लाग्थ्यो । तर, उनको पिएचडीको थेसिस पढेर सबैजना अचम्ममा परे । किनकि उनले आफ्नो थेसिसमा यो संसारको विस्तारबारे अनेक रोचक तथ्यहरु लेखेका छन् ।
उनले क्याम्ब्रिजमा झन्डै ३० वर्ष प्रोफेसर भएर काम गरे । ब्ल्याक होलबारे उनको अध्ययन, अनुसन्धानले उनलाई पहिचान पनि दिलायो । वैज्ञानिक हिसाबमा भन्ने हो भने ब्ल्याक होलबारे नियमलाई स्टिफनले नै स्थापित गरेका हुन् । स्टिफनको सबैभन्दा राम्रो कुरा के थियो भने उनी बहसमा विश्वास गर्थे, प्रश्नोत्तर गर्नु उनको बानी नै भइसकेको थियो । मलाई अहिले पनि सम्झना छ, स्टिफनले भनेका थिए– यो संसार कुनै भगवानको इशारामा चल्दैन, भगवान केही पनि होइन र योबाहेक अर्को पनि विश्व छ । तर, मानिसहरुले सधैं यसलाई उनको कल्पनामात्र माने ।
त्यसो त यसलाई प्रमाणित गर्न उनीसँग कुनै ठोस प्रमाण पनि थिएन । तर, जीवनको अन्त्यसम्म उनले यसलाई प्रमाणित गर्ने प्रयास गरिरहे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।