गर्भमा किन रहन्छ बच्चा ९ महिना ९ दिन ?

एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ ।

हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हुर्किरहेको बच्चालाई विकसित गर्न सहयोग गर्छन् । प्रत्येक ग्रहले आफ्नो स्वभाव अनुसार बच्चाको शरीरको विभिन्न भागलाई विकसित गर्छन् । यदि कुनै ग्रह गर्भमा हुर्किरहेको बच्चाको समय कमजोर छन् भने केही उपायद्वारा त्यसलाई ठीक गर्न सकिन्छ । गर्भ रहेको पहिलो महिनाभरि शुक्र ग्रहको प्रभाव रहन्छ । यदि गर्भावस्थाको समयमा शुक्र कमजोर छ भने त्यसलाई बलियो बनाउन सकिन्छ ।

शुक्र बलियो भएको खण्डमा जन्मने बच्चा पनि सुन्दर जन्मिन्छ । त्यसैले उक्त समयमा गर्भवती महिलाले चटपट चीज खानुपर्छ । दोस्रो महिनामा मंगलको प्रभाव रहन्छ । मंगल ग्रहको प्रभाव रहँदा गुलिया खानेकुरा खाएर र राता वस्त्र धारण गरेर मंगललाई बलियो बनाउन सकिन्छ । बृहस्पतिको प्रभाव हुन्छ, तेस्रो महिनामा ।

गर्भावस्थाको तेस्रो महिना गर्भवती महिलाले दूध र गुलिया पकवान्नको सेवन गर्नु राम्रो हुन्छ । यस्तै वस्त्रमा पहेंला वस्त्र धारण गर्नुपर्छ ।

चौंथो महिना सूर्य ग्रहको प्रभाव रहन्छ । यो समयमा रस पिउने गर्नुपर्छ भने सिम्रिक रंगका वस्त्र धारण गर्दा सकारात्कता बढी रहन्छ ।

यस्तै चन्द्र ग्रहको प्रभाव रहन्छ, पाँचौं महिनामा । दूध, दहि र चामल सँगसँगै सेता चीजको सेवन र सेतै वस्त्र धारण गर्नुपर्छ । किनकि, चन्द्रमाको आकार पनि सेतै हुने गर्दछ ।



अर्को महिना अथार्त् गर्भावस्थाको छैटौं महिनामा शनि ग्रहको दृष्टि रहन्छ । यो अवधिमा कसिला चीज, क्याल्सियम र रसिला खानेकुरा खानुपर्छ भने वस्त्रको रंग स्काइ ब्लु हुनुपर्छ । अन्य महिना जस्तै सातौं महिना हो, बुधको । जुस, फलको सेवन सातौं महिनाका लागि फाइदाजनक रहन्छ । हरियो रंगको वस्त्र धारण पनि यही महिनामा गर्नुपर्छ ।

अर्को महिना अर्थात् आठौं महिना चन्द्रमाको हो भने नवौं चाहिँ सूर्यको । यो समयमा यदि कुनै ग्रहहरू नीच राशिमा विचरण गर्दैछन् भने त्यसका लागि वैदिक यज्ञ गर्नुपर्ने हुन्छ । गर्भ जति ग्रहको किरणले सेकिन्छ, त्यति नै महान् र मेधावी पनि बन्छ ।



  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार २१:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया