मिटर ब्याजमा २९९ लाई ठग्ने श्यामकृष्ण साह पक्राउ
तस्वीर: इन्टरनेटबाट ।

काठमाडाैं– सर्लाहीमा २९९ भन्दा धेरै सर्वसाधरणलाई ब्याजमा पैसा लगाएर ठगिगरहेका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) लाई प्रहरीले पक्राउ गरेकाे छ । 

उनले नक्कली तमसुक बनाएर ठगी गरिररहेकाे भन्दै १ सय ५० जना काठमाडाैंमा आइपुगेका छन् । एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदयाका व्यक्तिहरुले आफूमाथि ठगी भएकाे आराेप लगाउँदै आएका थिए ।

एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरूलाई सातवटासम्म कागज गराएको उनीहरूले बताए । 

यही विषयमा छानबिन गर्न प्रहरीले श्यामलाई मलंगवा नगरपालिका १० स्थित घरबाट नै पक्राउ गरेकाे हाे ।





  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार २०:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया