एजेन्सी– भारतीय संसद भवनमा त्यति बेला सुरक्षा अधिकारीहरु निकै तनावमा पुगे जब एक व्यक्ति चक्कु लिएर संसद भवनमा छिर्न खोज्दै थिए ।
तर, उनलाई हिरसातमा लिएपछि त्यहाँको अवस्था सामान्य हुन थाल्यो । एउटा बाइकमा आएका ती युवा चक्कु लिएर संसद भवनभित्र जान खोज्दै थिए ।
भारतीय प्रहरीले पक्राउ गरे पनि ती व्यक्तिको पहिचान अहिलेसम्म खुलाएको छैन । प्रहरीले उनीसँग सोधपुछ सुरु गरेको जनाएको छ । ती युवा भिआइपी गेटबाट नै चक्कु लिएर भित्र जान खोजिरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।