नेप्से परिसूचक १४.४५ अंकले घट्याे

काठमाडौं– सेयर बजारमा सोमबार पनि गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से परिसूचक १४.४५ अंकले घटेको हो । सोमबार कारोबार सुरु भएको केही समय बढ्ने प्रयास गरेपनि नेप्से त्यसयता निरन्तर घटिरह्यो ।

दिनको अन्त्यमा केही प्रयास गरेपनि अरु समय डिप्रेसनमा रहिरहेको थियो । अन्ततः नेप्से ११७०.३४ अंकमा पुगेर रोकियो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि २.९८ अंकले घट्यो ।

नेप्से घटेको दिन सेयर बजारमा कारोबार रकम ४० करोडमाथि रह्यो । दिनभर १ सय ७१ कम्पनीका १३ लाख ८० हजार कित्ता सेयर किनबेच भए । यसक्रममा १० हजार ७७०  वटा कारोबार भए ।

साेमबार कारोबार रकमको आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो । बैंकको दिनभर २ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड फाइनन्सको पनि २ करोडभन्दा बढीको सेयर किनबेच भयो ।

सोमबार कारोबारमा आएका ११ वटै समूहका उपसूचक घटे । तीमध्ये जीवन बीमा समूह १.७९ प्रतिशत (९५.६८ अंक)ले ओरालो लाग्यो । १८ वटा कम्पनीको मात्र सेयर मूल्य बढे ।

बढ्नेमध्ये दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४५ प्रतिशतले बढ्यो । यसदिन सबैभन्दा बढी गुमाउने ग्रामिण विकास लघुवित्तको सेयर मूल्य घट्यो । कम्पनीको सेयर मूल्य ७.९ प्रतिशतले घट्दा सपोर्ट माइक्राफाइनान्सको सेयर मूल्य ७.४ प्रतिशतले घट्यो ।





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १८:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया