एजेन्सी— पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर अली भुट्टोकी छोरी आसिफा अली भुट्टो अहिले चर्चामा छिन् । किन भने अहिले भारत र पाकिस्तानबीच भइरहेको वाकयुद्धको विषयमा उनले बोल्न थालेकी छिन् । त्यसमाथि उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्को आलोचना गर्दै आएकी पनि छिन् ।
अहिले कश्मिरको विषयमा पनि उनले पाकिस्तानी प्रधानमन्त्री खानको विरोधमा अभिव्यक्ति दिएकी छिन् । सबैभन्दा पहिले त कश्मिरको विषयमा इमरान खानले निकै ढिलो भाषण दिएको उनले बताएकी छिन् ।
‘पाकिस्तानी विदेशमन्त्री पाकिस्तान प्रशासित कश्मिरमा गएर जे भनेका छन्, त्यो नै हाँस्यास्पद छ,’ उनले भनेकी छिन् । तर, उनले पछिल्लो परिस्थितिबारे विश्व समुदायले पनि कुनै प्रतिक्रिया नदिएको बताएकी छिन् । पाकिस्तानी प्रधानमन्त्रीको आलोचना गर्दागर्दै उनले भारतीय सेनाले मानवअधिकारको हनन गरेको पनि बताएकी छिन् ।
यो सब हुँदाहुँदै पनि बेनजिर भुट्टोकी छोरीले पाकिस्तानमा हिजोको परवेज मुसर्रफको सरकार र इमरान खानको सरकारमा कुनै भिन्नता नदेखिएको बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।