पुबुदु दसानायके भैरहवा ग्ल्याडिएटर्सका मुख्य काेच

काठमाडाैं– यसअघि नेपाली क्रिकेट टिमकाे मुख्य काेच रहिसकेका पुबुदु दासनायके फेरि नेपाल आउने भएका छन्  ।

यसपटक चाहिँ उनी भैरहवा ग्ल्याडिएटर्सकाे मुख्य काेचका रुपमा नेपाल आउन लागेका हुन् । भैरहवाले आफ्नाे फेसबुक पेजमा याे कुराकाे जानकारी दिएकाे हाे । पुबुदुले पनि भैरहवाकाे स्टाटस सेयर गरेका छन् । 

एभरेष्ट प्रिमियर लिग (ईपिएल)को फ्रेन्चाइज टिम भैरहवाले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

दशानायके यसअघि सन् २०११ म नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको त्यो कार्यकाल चार वर्षको थियो । 

त्यसपछि उनले अमेरिकी टिमको मुख्य प्रशिक्षकका रुपमा काम गरे । 

नेपाली क्रिकेट टिमका पछिल्ला सफलतामा पुबुदुको योगदानको चर्चा गरिने गरिएको छ । २९ फ्रेबुअरी देखि इपिएल किर्तिपुर मैदानमा आयोजना हुँदैछ । पुबुदुले प्रशिक्षण दिने टिम भैरहवाका कप्तान शरद भेषावकर हुन् । यो टिम गत वर्षको उपविजेता टिम हो । 
 



 



  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १९:२६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया