संविधान दिवसलाई राजपाले विराेधकाे दिनका रुपमा मनाउने

काठमाडाैं– राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

संविधान संशोधनको माग सम्बोधन नभएकाले राजपाले याे वर्ष पनि याे दिनलाई कालाे दिवसका रुपमा मनाउन लागेकाे हाे । संविधान दिवसकाे दिन ३ असाेजमा देशव्यापी विराेध गर्ने राजपाका संयोजक राजकिशोर यादवले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी बैठकले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानास्थल बाराको निजगढमा शिघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राजपाले निजगढमा विमानास्थल बनाउनु पर्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ । 

अनावश्यक रुख नकाट्न, वनस्पति र वन्यजन्तु विनास नगर्न, वनमा निर्भर तल्लो भेगका जनतालाई पानीको समस्या हुन नदिन, नदिनाला र पर्यावरणीय प्रभाव मूल्याकंन गरेर तत्काल निर्माणको काम सुरु गर्न बैठकले ध्यानाकर्षण गराएको छ ।

यसअघि याे दिवसका दिन घरघरमा दिप प्रज्वलन गरेर मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १९:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया