धादिङमा जिप दुर्घटना, १० घाइते

धादिङ्– नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा मंगलबार भएको जिप दुर्घटनामा १० जना घाइते भएका छन् । ग १ ज ६०६१ नम्बरको बोलेरो जिप धादिङबेँसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । 

प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडाैंको ट्रमा सेन्टर लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार २१:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया