नाे हेलमेट, नाे पेट्राेल
साङ्केतिक तस्वीर

झापा– झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।

मेचीनगरमा रहेका आधा दर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलो पटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए । रासस





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार २१:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया