ब्रेक्जिट: बेलायती प्रधानमन्त्री पराजित !

एजेन्सी- सत्तारुढ दलकै केही  विद्रोही सांसद र विपक्षीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पराजित गरेका छन् । यो जोन्सनलाई ठूलो चुनौती हो ।

कुनै सम्झौता नगरिएको ब्रेक्जिट (युरोपेली युनियनबाट बेलायत छुट्टिने प्रक्रिया ) अस्विकार गर्ने यो बेलायती सांसद्को आवाज समर्थन गर्ने पहिलो खुड्किलो हो ।

बुधबार भएको मतदानमा ३०१ का विरुद्ध ३२८ भोट पाएर हाउस अफ कमन्सले जोन्सनलाई समस्यामा पारेको हो ।

यसको निर्णय बिहिबार हुनेछ कि इयुबाट बाहिरिन अब जनवरीसम्मको समय माग गर्ने वा नगर्ने?

अब योसँगै जोन्सनले छिट्टै आम निर्वाचन गर्ने प्रस्ताव ल्याउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार ३:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया