वीरगन्ज– नियमित चेकजाँच गर्न बसेको प्रहरी देखेपछि मंगलबार राति भागेका एक युवालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा एक जना व्यक्ति भागेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको हो ।
वीरगञ्ज महानगरपालिका– १६ बस्ने सन्तोष दासलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको पर्साका प्रहरी प्रवक्ता अनन्त राज शर्माले जानकारी दिए । उनले प्रहरीलाई नै हतियार देखाई भाग्ने प्रयास गरेका थिए ।
दासको दायाँ खुटामा गोली हानी नियन्त्रणमा लिएको शर्माले बताए । उनको साथबाट प्रहरीले १७ राउण्ड गोली र एउटा हतियार पनि बरामद गरेको छ । घाइते दासको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।