काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज सिंगापुर जाने भएका छन् । यसअघि उनी नेकपा महासचिव विष्णु पौडेलसँगै मंगलबार सिंगापुर जाने खबरहरु बाहिर आएका थिए । तर, मंगलबार विष्णु पौडेलमात्र सिंगापुर गए ।
पौडेल पुगेलगत्तै गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको र सल्लाह गर्न बोलाएकाले उनी आज त्यसतर्फ जान लागेको उनी निकट एक नेताले बताए । ‘प्रधानमन्त्री उपचार गरेर २० गतेसम्ममा फर्किसक्ने भन्ने थियो,’ ती नेताले भने, ‘तर, त्यसअघि नै वामदेव कमरेडसँग केही सल्लाह गर्नु पर्ने भयो होला । त्यसैले उहाँले वामदेव कमरेडलाई बोलाउनु भयो ।’
प्रधानमन्त्री अोलीले बोलाएपछि वामदेव गौतम आउ दिउँसो एक बजे सिंगापुर प्रस्थान गर्दै छन् ।
उता, सिंगापुरमा आज प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया सकिँदै छ । उनी २० गते नेपाल फर्किने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।