कश्मिरवासीको लन्डनमा प्रदर्शन, भारतीय उच्चायोगमा ढुंगा र अन्डा

एजेन्सी– बेलायतमा रहने कश्मिर मूलका मानिसहरुले भारत प्रशासित कश्मिरमा जारी प्रतिबन्धको विरोधमा बुधबार लन्डनमा प्रदर्शन गरेका छन् । 

यो प्रदर्शनलाई ‘फ्रिडम मार्च’ नाम दिइएको छ । सुरुमा शान्तिपूर्ण रुपमा निकालिएको यो र्यालीले भारतीय उच्चायोगमा पुगेर चाहिँ उग्र रुपमा परिणत भयो । 

बेलायती सन्चारमाध्यममा आएका समाचारअनुसार प्रदर्शनकारीले भारतीय उच्चायोगमा ढुंगा, अन्डा, टमाटर तथा जुत्ताचप्पल फालेका छन् । यता, टाइम्स अफ इन्डियाले चाहिँ भारतीय उच्चायोगको झ्यालहरु फुटेको समाचार तयार पारेको छ । भारतीय उच्चायोगले पनि ट्विटरमा एउटा फोटो राखेको छ जसमा झ्यालको सिसा फुटेको प्रष्ट देख्न सकिन्छ । 

लन्डनका मेयर सादिक खानले चाहिँ यसको आलोचना गरेका छन् । यो घटनामा दुई जनालाई प्रहरीले गिरफ्तार पनि गरेको छ । 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार ११:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया