बेलायतवासी गण्डकी प्रदेशमा लगानी गर्न इच्छुक रहेकाे मुख्यमन्त्रीकाे भनाइ

पाेखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन र खेलकुद क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक रहेको बताएका छन् । दुई साता लामो बेलायत भ्रमणपछि स्वदेश फर्केका मुख्यमन्त्री गुरुङले बेलायतवासी नेपालीले यहाँको पर्यटन र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छा देखाएको बताएका हुन् । उनी ६ भदौमा बेलायत भ्रमणमा गएका थिए । 

गैरआवसीय नेपाली र बेलायतमा व्यवसाय गरेर बसेका नेपालीसँगको छलफलका क्रममा उनीहरूले पर्यटन र खेलकुदलाई प्राथमिकता दिएको उनको भनाइ छ । लगानी गर्न चाहनेलाई सरकारले सधैँ स्वागत गर्ने र प्रदेशमा लगानी मैत्री वतावरण बनाउने झन्झटिलो प्रक्रियालाई सहज बनाउने वचन दिएको समेत उनले बताए ।

अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबललगायत क्षेत्रमा साहरा युकेलगायत संघसंस्थाले व्यवस्थित लगानीका लागि इच्छा प्रकट गरेको उनको भनाइ छ । गोर्खा सैनिकले बेलायत सरकारले नेपालीलाई विभेद गरेको भनी गुनासो गर्दै उनीहरूले भोगिरहेको विभेदका विषयमा सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेको मुख्यमन्त्रीले जानकारी दिए । भ्रमणका क्रममा पोखरा महानगर र बेलायतको म्यानचेस्टर सिटीबीच भागिनी सम्बन्ध कायम गर्ने विषयमा समेत छलफल गरेको मुख्यमन्त्री गुरुङले बताए ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १२:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया