Sun, 17 Nov, 2019


हङकङमा सुपुर्दगी बिधेयक खारेज
फरकधार / भदौ १८, २०७६
हङकङमा भएको प्रदर्शनीको एक तस्वीर ।

एजेन्सी- लामो समयको विरोध पछि हङकङकी नेतृ क्यारी लामले सुपुर्दगी विधेयक खारेज गर्ने घोषणा गरेकी छिन ।
उनले यो घोषणा बुधबार गरेकी हुन् । 



यसअघि यो विधेयक फिर्ता लिएर मात्र नहुने भन्दै प्रदर्शनकारीहरूले १४ सातासम्म विरोध प्रदर्शन गरेका थिए । 

यो विधेयकअनुसार  अभियोग लागेका जो कसैलाई अनुसन्धानका लागि हङकङले चीनमा बुझाउनु पर्ने हुने थियो ।

मंगलबारमात्र क्यारीले सम्भव भए आफूले राजीनामा दिने भन्ने एउटा अडियो बाहिर आएको थियो । तर यसको उनले खण्डन गरेकी थिइन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्