नेपाली कांग्रेसद्वारा १७ बुँदे राजनीतिक प्रस्ताव पारित, सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी

काठमाडौं– दोस्रो चरणको जनजागरण अभियान सञ्चालनको तयारीमा रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले आफूहरूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायलाई दुईतिहाइको बलमा छायामा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौँ ।’

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्नेलगायत संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग गर्दै कांग्रेसले समानुपातिक समावेशितालाई ख्याल गर्न आग्रह गरेको छ । दोस्रो चरणको जागरण अभियानका क्रममा गाउँ–गाउँमा पुग्ने र सरकारका गलत क्रियाकलापविरुद्ध एक भएर उभिने महतले बताए ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १८:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया