भारतमा फेरि पक्राउ परे अर्का कंग्रेस नेता

एजेन्सी– भारतमा भारतीय कंग्रेसका लागि अब सहज दिन आउने सम्भावना कम हुँदै गएको छ । यसको कारण हो, अहिले भारतीय कंग्रेसका नेताहरु धमाधम पक्राउ परिरहेका छन् । 

पी चिदम्बरम, डी शिवकुमारपछि अब भारतमा अर्का प्रभावशाली नेता पक्राउ परेका छन् । उनी हुन्, उत्तराखन्डका पूर्वमुख्यमन्त्री हरीश रावत । उनीविरुद्ध २०१६ मा आएको एक स्टिङ अपरेसनको भिडियोबारे एफआइआर दर्ता गरिएको थियो । यो भिडियोमा रावतले सत्तामा रहनका लागि आफूविरुद्ध लागेका विधायकको समर्थन पाउन उनीहरुसँग दलाली गरेका थिए, उनले ती विधायकहरुलाई केही रकम पनि दिएको खुलासा भएको थियो ।

यो घटना सन् २०१६ को हो । उत्तराखन्डमा राष्ट्रपति शासन लागेपछि आफ्नो पक्षमा विधायकहरुलाई ल्याउन उनले विभिन्न कुराको प्रलोभन देखाएका थिए । यो मुद्दाको सुनुवाई २० सेप्टेम्बरमा हुने अदालतले जनाएको थियो । 

उता, हरीशले आफूमाथि गलत आरोप लगाइएको भन्दै यी सबै कुराको विरोध गर्दै खण्डन गरेका छन् । ‘म यस्ता आरोपका कारण टुट्ने छैन,’ उनले भनेका छन्, ‘म यो सबै षडयन्त्रविरुद्ध लड्ने छु ।’

योभन्दा पहिले भारतमा कांग्रेसका दिग्गज नेता डिके शिवकुमार मंगलबार राती मुद्रा अपचलनको आरोपमा गिरफ्तार गरेको थियो । 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १९:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया