कर्णालीका निलम्बित मन्त्री खत्री ५ लाख धरौटीमा रिहा

काठमाडौं– फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको अभियोगमा मुद्दा खेपिरहेका कर्णालीका निलम्बित मन्त्री खड्गबहादुर खत्रीलाई उच्च अदालत पाटनले ५ लाख धरौटीमा तारेखमा राख्ने आदेश दिएको छ ।

थुनछेक बयान र बहसपछि आज मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले खत्रीसँग पाँच लाख धरौटी माग्यो । खत्री आज आफैँ अदालत उपस्थित भएका थिए ।  

अदालत स्रोेतका अनुसार खत्री धरौटीका लागि बैंक ग्यारेन्टी राखेर छुट्दै छन् । 

खत्री पेसाले ठेकेदार हुन् । सुर्खेतमा उनको केएसके कन्स्ट्रक्सन कम्पनी छ । ५५–५५ लाखका दुई ठेक्काको फर्जी बैंक ग्यारेन्टी बनाउँदा उनी साक्षी बसेका थिए ।

सो प्रकरणमा कृषि विकास बैंक रत्नपार्कले जाहेरी दिएपछि केन्द्र सरकारले नै उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १९:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया