काठमाडौं– नेपालमा सामाजिक सन्जाल चलाउने नेताको सूचीमा पहिलो नम्बरमा नै पर्छन्, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । त्यसैले माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले लेखेका विषय निकै छिटो चर्चाको विषय बन्छन् । ती विषयमाथि आलोचना हुन्छ, टिप्पणी हुन्छ र कतिपय विषय समाचारका ‘ठूला’ हेडलाइन समेत बन्छन् ।
बाबुरामपत्नी तथा पूर्वमन्त्री हिसिला यमी पनि पछिल्लो समय ट्विटरमा सक्रिय देखिन थालेकी छिन् ।
बुधबार चाहिँ यमिले ट्विटरमा एउटा तस्वीर राखेर त्यसको क्याप्सन लेखेकी छन्, जुन अहिले चर्चामा आएको छ ।
यो सन्दर्भ हो, बाबुरामका बाबु भोजप्रसाद भट्टराईको ९० औं जन्मदिनको ।
९० औं जन्मदिनमा आएका अथितिहरुलाई बिदाई गरेपछि हिसिला, बाबुराम र बाबु भोजप्रसादले एउटा फोटो खिचेछन् । त्यही फोटो ट्विटरमा राख्दै हिसिलाले क्याप्सन लेखेकी छिन्– ससुरा बुवाको ९० बर्ष प्रवेशको उपलक्षमा आउनु भएका सबैलाई बिदाई गरी सके पछि हामी ससुरा भोज प्रसाद भट्टराई, छोरा बाबुराम भट्टराई यमि र बुहारी हिसिला यमि भट्टराई !
ससुरा बुवाको ९० बर्ष प्रवेशको उपलक्षमा आउनु भएका सबैलाई बिदाई गरी सके पछि हामी ससुरा भोज प्रसाद भट्टराई, छोरा बाबुराम भट्टराई यमि र बुहारी हिसिला यमि भट्टराई ! pic.twitter.com/2CBeZBLU9M
— Hisila Yami (@HisilaPost) September 4, 2019
उनले बाबुराम भट्टराईको नामको पछाडि यमि जोडेपछि उनको पोस्टमा निकै धेरै प्रतिक्रिया आएका छन् । कतिले त यसलाई निकै आश्चर्यका साथ हेरेका छन् ।
युवराज पौडेल नामबाट ट्विटर चलाउनेले पोस्टमा नै हिसिलालाई सोधेका छन्, कसरी ?
हिसिलाले पनि उनलाई जवाफ दिन भ्याएकी छिन्– अझ प्रगतिशिल हुन बाँकी छ, यति कुरा चाहिँ बाबुराम भट्टराईबाट सिक्नुहोस्, फ्रि अफ कस्ट ।
निरन नामका एक प्रयोगकर्ताले चाहिँ दुवैले आआफ्ना मामाघरतिरको पनि थर जोडेर अझ प्रगतिशिल बन्ने हो कि भन्ने प्रश्न सोध्दै व्यंग्य गरेका छन् ।
यो विषय यतिकैमा सकिएको छैन ।
यो ट्विटको चर्चा त झन् किन बढेको छ भने यसलाई बाबुराम भट्टराई आफ्नो धारणासहित रिट्विट गरेका छन् ।
रिट्वट गर्दा बाबुराम भट्टराईले लेखेका छन्–
हिसिलाजीको सूक्ष्म व्यंग्यमा दम छ१केही रूढीवादीले वहाँको नाम पछाडि अनधिकृत ढंगले पतिको थर जोड्नथालेपछि पतिले पनि किन पत्नीको थर नजोड्ने ? भन्नु स्वाभाविक हो१ विवाह गर्दैमा gene परिवर्तन हुन्न,त्यसैले गोत्रसूचक थर फेर्नुपर्दैन ! सन्तानमा आमाबाबु दुवैको gene हुनाले उसको संयुक्त थर हुनसक्छ !
हिसिलाजीको सूक्ष्म व्यंग्यमा दम छ!केही रूढीवादीले वहाँको नाम पछाडि अनधिकृत ढंगले पतिको थर जोड्नथालेपछि पतिले पनि किन पत्नीको थर नजोड्ने?भन्नु स्वाभाविक हो! विवाह गर्दैमाgeneपरिवर्तन हुन्न,त्यसैले गोत्रसूचक थर फेर्नुपर्दैन!सन्तानमा आमाबाबु दुवैकोgeneहुनाले उसको संयुक्त थर हुनसक्छ! https://t.co/5znGqFGiuq
— Baburam Bhattarai (@brb1954) September 4, 2019
बाबुराम भट्टराईको यो ट्विटमा झन् धेरैले कमेन्ट गरेका छन् । तर, अधिकांश कमेन्ट चाहिँ बाबुराम भट्टराईको अभिव्यक्तिको आलोचनामा गरिएका छन् ।
के विवाह गरेपछि पत्नीले मात्र होइन, पतिले पनि थर फेर्नु तपाईंलाई ठिक लाग्छ ?
यस विषयमा तपाईंको विचार लेख्नुहोस् र हाम्रो इमेल [email protected] मा पठाउनुहोस्, त्यसलाई हामी प्रकाशन गर्नेछौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।