एजेन्सी– बंगलादेश र अफगानिस्तानबीचको टेस्ट क्रिकेट प्रतियोगिता सुरु भइसकेको छ । यो खेलमा अफगानिस्तानको कमान्ड राशिद खानले गरेका छन् । यतिमात्र होइन, उनले खेलमा रेकर्ड पनि बनाउन सकेका छन् ।
उनले बनाएको रेकर्ड हो– सबैभन्दा कम उमेरमा टेस्ट क्रिकेटको कप्तान सम्हाल्नु । यसअघि यो रेकर्ड ततेन्दा ताइबुको नाममा दर्ज थियो । राशिदले २० वर्ष ३५० दिनमा कप्तानी गरेर यो रेकर्ड बनाएका हुन् ।
टेस्टमा सबैभन्दा सफल कप्तान चाहिँ दक्षिण अफ्रिकाका ग्रिम स्मिथलाई मानिन्छ । उनले आफ्नो कप्तानीमा टिमलाई ५३ जित दिलाउन सफल भएका छन् । दोस्रो नम्बरमा अष्ट्रेलियाका रिकी पोन्टिङ यो सूचीमा छन् । उनले आफ्नो कप्तानीमा टिमलाई ४८ टेस्ट म्याच जिताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।