डिजिटल दुनियाँ यसरी राख्नुस् आफ्ना बालबालिका सुरक्षित

इन्टरनेटमा हाम्रो निर्भरता दिनानुदिन बढ्दो छ । यो क्रम रोकिने देखिँदैन । अहिले जति इन्टरनेटको आवश्यकता छ, पछि झन् यसको अभाव खड्किने अवस्था आउने पक्कापक्की छ । जीवनमा उपयोगी यही इन्टरनेटले चाहिँ हाम्रा बालबालिकाहरुमा नकारात्मक असर पार्ने निश्चितप्रायः छ । त्यसैले अब सचेत बाबुआमाले आफ्ना बालबालिकालाई इन्टरनेट प्रयोगबारे सिकाउनु पर्ने हुन्छ ।

हामीले लामो समयसम्म मोबाइल र कम्प्युटरको स्क्रिनमा हेरिरहँदा  स्क्रिनमा देखिने प्रकाशको कारण मानिसको आँखामा नकारात्मक असर पर्छ । अझ रातको समयमा धेरै बेर स्क्रिनको अगाडी बस्नेहरुलाइ त निन्द्रा कम पर्ने समस्या समेत देखिन्छ । बच्चाहरुले लामो समय सम्म इन्टरनेटमा बस्दा उनिहरुको खेल्ने कुद्ने समयमा प्रभाव पर्छ र उनीहरुको सारीरिक बिकासमा नकारात्मक असर पर्न जान्छ । 

बच्चा १० बर्षको नपुगुन्जेल उनीहरुलाइ अभिभावको रेखदेखमा मात्रै इन्टरनेट चलाउन दिनु पर्दछ । उनीहरुलाइ कार्टुन ई–स्टोरी वा पढाइ सम्बन्धि केही हेर्न चाहन्छन् भने पनि अभिभावकको रेखदेखमा नै हेर्न दिनु पर्ने डाक्टरहरु बताउँछन् । बच्चाहरुलाई सानो उमेर देखि नै इन्टरनेट फाइदा र बेफाइदाको बारेमा सानो उमेर देखि नै जानकारी दिन आवस्यक छ । कहिले काही बालबालिकाहरुसँग आज इन्टरनेटबाट के कुरा सिक्यौ रु कति साथीहरु बनायौ रु जस्ता प्रश्नहरु गरिरहँदा अझ राम्रो हुन्छ । 

बालबालिकालाई इन्टरनेट कति चलाउने भन्ने सिकाउनु पनि आजको आवश्यकता हो । उनीहरु धेरै समयसम्म इन्टरनेटमा झुम्मिँदा विभिन्न असरहरु पर्ने भएकाले एउटा निश्चित समयमात्र उनीहरुलाई इन्टरनेट चलाउन दिनुपर्छ । 





  • प्रकाशित मिति : भदौ १९, २०७६ बिहीबार १४:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया