पांँच दिनका लागि बन्द हुँदै मनकामना केबलकार

चितवन– मनकामना दर्शन प्रालिले सञ्चालन गरेको मनकामना केबलकार आइतबारदेखि पांँच दिन बन्द हुने भएको छ । केबलकार मर्मत–सम्भारका लागि भदौ २२ देखि २६ गतेसम्म बन्द हुने भएको हो । 

अस्ट्रियाको डोप्पलमेर कम्पनीले २० वर्षअघि यो केबलकार निर्माण गरेको हो । कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । 

सोही अनुगमनका लागि त्यहाँबाट प्राविधिक टोली नेपाल आएको छ । उसकै निगरानीमा मर्मत–सम्भार हुन लागेको कम्पनीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७६ बिहीबार १६:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया