Mon, 23 Sep, 2019


विश्वकप छनोटमा नेपाल कुवेतसँग ७–० ले पराजित
फरकधार / भदौ २०, २०७६

काठमाडौं– फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । 



बिहिबार राति भएको खेलमा कुवेतसँग नेपाल ७ गोलले पराजित भयो । खेलमा नेपालले एक गोल पनि गर्न सकेन । 

कुवेतले आफ्नो पहिलो गोल छैटौं मिनेटमा सुरु गर्यो । कुवेतका लागि पहिलो गोल नासेरले गरेका थिए । नासेरले दोस्रो गोल ५० औं मिनेटमा गरे । अल हजारी, अल मुताइरी, अल मोटावा, अबुजाबारज, अलमोसारीले नेपालका लागि एक एक गोल गरे । 

त्यसो त नेपालले यसअघि गत वर्ष भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएपछि अरु कुनै पनि खेल जित्न सकेको छैन । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्