जिम्बावेका पूर्वराष्ट्रपति राेबर्ट मुगाबेकाे निधन

एजेन्सी– जिम्बावे स्वतन्त्र भएपछि राष्ट्रपति निर्वाचित भएका राेबर्ट मुगाबेकाे निधन भएकाे छ । 

उनी ९५ वर्षका थिए ।

उनी लामाे समयदेखि विरामी थिए र उनकाे उपचार सिंगापुरकाे अस्पतालमा भइरहेकाे थियाे । पारिवारिक स्राेतका अनुसार उनी अप्रिलमा अस्पतालमा भर्ना भएका थिए ।

सन् २०१७ मा जिम्बावेमा सैन्य कूमा मुगाबे अपदस्थ भएका थिए । 

जिम्बाबे स्वतन्त्र भएपछि उनले पहिलाे पटक सन् १९८० मा प्रधानमन्त्रीकाे निर्वाचन जितेका थिए । उनले सन् १९८७ मा प्रधानमन्त्री पदलाई नै हटाए र आफैं राष्ट्रपति बने । 

उनकाे सुरुवाती कार्यकालकाे निकै धेरै प्रश‌ंसा भएकाे थियाे । 



सन् १९२४ मा जन्मिएका मुगाबेले सरकारकाे आलाेचना गरेपछी सन् १९६४ देखि सन् १९७४ सम्म जेलजीवन बिताउनु परेकाे थियाे ।



  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १०:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया