विराटले बताए अनुष्कासँगको प्रेम र हनिमुनको किस्सा

एजेन्सी– भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको जोडीलाई भारतमा क्युट कप्पलको संज्ञा दिइने गरिएको छ । 

अहिले यी दुवै अमेरिकामा छन् । अमेरिकाको टिभी सो इन डेप्थ ग्राहम बेनसिंगर कार्यक्रममा पुगेका विराटले आफ्नो निजी जीवनसँग जोडिएका सन्दर्भहरुमा खुलेर कुरा गरेका छन् ।

यो कार्यक्रममा उनले अनुष्कासँग भएको पहिलो भेटबारे पनि खुलेर कुरा गरे । विराटले अनुष्कासँग एउटा स्याम्पुको विज्ञापनको सुटिङमा भेट भएको र आफू त्यति बेला निकै नर्भस भएको बताएका छन् । 

‘मैले अनुष्कालाई पहिलो पटक स्याम्पुको विज्ञापनको सुटिङमा भेटेको थिएँ,’ विराटले भनेका छन्, ‘यो तीन दिनको सुटिङ थियो र मलाई म्यानेजरले अनुष्कासँग यो सुटिङ हो भनेपछि नै म नर्भस भएको थिएँ । यसको कारण चाहिँ उनी व्यवसायिक अभिनेत्री भएकाले थियो, मैले उनीसँग कसरी सुटिङ गरुँला भन्ने सोचेको थिएँ ।’

पहिलो पटक भेट्दा अनुष्का शर्माले हिल लगाएको र आफूभन्दा अग्लो देखिएकाले पनि आफू नर्भस भएको विराटले बताएका छन् । 

यसबाहेक उनले विवाहसम्म आइपुग्दा अनुष्कासँगको प्रेमबारे अनेक कुराहरु बताएका छन् । यी दुवैको करिअर सन् २००८ मा एउटै समयमा भएको थियो । 



आफ्नो विवाहको सबै योजना बनाउन चाहिँ अनुष्काले नै बनाएको विराटले बताएका छन् । ‘विवाहको सबै तयारी अनुष्काले बनाएकी हुन्,’ उनले भनेका छन्, ‘म त एउटा सिरिज खेलिरहेको थिएँ, उनले नै विवाहको कुरा आफ्नो परिवारबीच मात्र राख्ने बताएकी थिइन् ।’ विराटले आफ्नो विवाहमा ४२ जनामात्र आएको पनि बताएका छन् । इटालीमा विवाह गरेर फर्किएपछि चाहिँ विराटले बलिउड र क्रिकेटर्सहरुका लागि छुट्टाछुट्टै पार्टी राखेको बताएका छन् ।

आफ्नो हनिमुनबारे पनि विराटले एउटा रमाइलो किस्सा सुनाएका छन् । विराटले आफू हल्लाहरुबाट टाढा हुन फिनल्यान्ड जान चाहेकाले गएको पनि बताएका छन् । ‘हामी त कसैले नचिन्ने ठाउँमा जान चाहन्थ्यौँ,’ विराटले भनेका छन्, ‘तर, त्यहाँ कफी पिउन गएको एक रेष्टुँरामा एक जना व्यक्ति भेटिए । उनले हेरेको हेरै गरे । पछि आएर भने– भेटेर खुसी लाग्यो, मेरो थर पनि कोहली नै हो ।’



  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १३:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया