त्रिविको लापरबाही : शिक्षा शास्त्र संकायको परीक्षामा पूरानै प्रश्नपत्र वितरण

काठमाडौं– देशकै ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षामा चरम लापरबाही देखिएको छ ।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार सञ्चालित परीक्षामा पुरानै प्रश्नपत्र वितरण गरेपछि सो परीक्षा स्थगित भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको परीक्षा आधा घन्टापछि स्थगित गरिएको हो । कोड नम्बर ५१३ एड्भान्स एजुकेसनल साइकोलोजी विषयको परीक्षा स्थगित गर्नुपरेको डिन कार्यालयले जनाएको छ । 

शुक्रबारको परीक्षामा यसअघि बुधबार सञ्चालन भएको फाउन्डेसन अफ एजुकेसन विषयमा सोधिएकै प्रश्न दोहोरिएपछि परीक्षा स्थगित गरिएको हो । 





  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १६:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया